७ वैशाख २०८१ शुक्रबार
राजनीति

चोलेन्द्र राणाविरुद्धको महाअभियोग निष्क्रिय,आज नै सर्वोच्च फर्कने तयारी

फाइल तस्बिर

महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग निष्क्रिय भएको छ।

संघीय संसद् सचिवालयले उनीविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र सर्वोच्चमा पठाएको हो।

महाअभियोग निष्क्रिय भएसँगै आजै राणा अदालत हाजिर हुने बताइएको छ।

२०७८ फागुन १ गते राणाविरूद्ध ९८ सांसदले महाअभियोग दर्ता गराएका थिए। फागुन २२ गते प्रतिनिधिसभाले महाअभियोग छानबिन गर्न ११ सदस्यीय समिति गठन गरेको थियो। फागुन २९ गते प्रतिनिधिसभा बैठकमा महाअभियोग प्रस्ताव पेस भएको थियो। प्रस्ताव पेस भए पनि लामो समय सभामुख सापकोटाले छलफल रोकेर राखेका थिए।

राणाको कार्यकाल भने धेरै बाँकी छैन। उमेर हदका कारण उनले आगामी २७ गते अवकाश पाउँदै छन्।

प्रकाशित: २१ मंसिर २०७९ ०७:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App