coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

माओवादीमा सरकार गठनबारे सबै विकल्प खुला रहने

सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले सरकार गठनका लागि विभिन्न विकल्पहरू खुला रहेको स्पष्ट पारेको छ।

शनिवार (आज) अपराह्न पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा सरकार गठनका लागि एमालेसहितका दलहरूसँग छलफल गरेर अघि बढ्न सकिने भन्दै विभिन्न विकल्पमा जान सकिने प्रष्टयाएको हो।

सरकार गठनबारे विभिन्न विकल्पहरू खुला राखिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताए। बैठकमा नेताहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम अपेक्षा अनुसार नआएको टिप्पणी गरेका थिए।

बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै पार्टीका उपाध्यक्ष महराले भने, ‘निर्वाचनको प्रारम्भिक समीक्षा गरियो। अपेक्षा गरिए अनुसार हामीले संघमा सिट हासिल गर्न सकिएन भन्ने समीक्षा भयो। समग्रमा चुनावको सबै परिणाम आएपछि मात्रै गर्ने कुरा गरियो। दोस्रो, बनाएको गठबन्धन छोडने निर्णय गरिएको छैन। र, अन्य अपशन पनि खुला राखिएको छ। विभिन्न विकल्पमा जान सकिन्छ। तर, पुरानो गठबन्धनलाई छोडने, तोड्ने निर्णय पनि गरिएको छैन।’

माओवादी केन्द्रले पार्टी अध्यक्ष दाहाल दाहाललाई प्रधानमन्त्री बनाउन सत्तारुढ गठबन्धनमा दबाब पुग्ने निष्कर्षसहित सरकार गठनका लागि एमालेसहितका अन्य विभिन्न दलहरूसँगको विकल्पलाई पनि खुला राख्ने नीति रणनीति लिएको बताइएको छ। उपाध्यक्ष महराले बैठकमा सत्तारुढ गठबन्धन छोडने सोचमा पनि पार्टी नरहेको बताए। सोमबार (भोलि) अपराह्न २ बजे पनि पदाधिकारी बैठक बोलाइएको र त्यसले निर्वाचनको समग्र विषयमा समीक्षा गरेर अघि बढ्ने निर्णय लिने पार्टीका महासचिव देवप्रसाद गुरुङले बताए।

प्रकाशित: १७ मंसिर २०७९ १२:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App