१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

भक्तपुरमा नौ वटा पार्टीले मात्रै कटाए एक हजार मत

भक्तपुरका दुई वटा निर्वाचन क्षेत्रमा गरी कुल नौ जना  उम्मेदवारहरुले मात्रै एक हजार मत कटाउन सफल भएका छन्। भक्तपुर क्षेत्र नं १ मा चार जना र क्षेत्र २ मा पाँंच  जना गरी कुल नौ जना उम्मेदवारहरुले मात्रै एक हजार मत कटाउन सफल भए।

भक्तपुर क्षेत्र नं १ मा सतारुढ गठबन्धनकोतर्फबाट माओवादीका सुनिल गोठेले पाँंच हजार दुई सय ८३, राप्रपाले नौ हजार तीन सय तीन सय, एमालेका नवराज गोलले ११ हजार नौ सय ६८ र विजयी नेमकिपाका प्रेम सुवालले ४२ हजार सात सय ६१ मत ल्याई चार वटा पार्टीले मात्रै एक हजार मत कटाउन सफल भएका थिए।

भक्तपुर क्षेत्र नं २ मा भने राष्ट्रिय प्रजातन्त्र पार्टी हलोले दुई हजार पाँंच सय ६९, राष्ट्रिय स्वतन्त्र पार्टी चार हजार ९८,नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापामगरले सात हजार एक सय २७, नेकपा एमालेका महेश वस्नेतले २३ हजार दुई सय ८२ र विजयी नेपाली कांग्रेसका दुलर्भ थापाले २४ हजार दुई सय ३९ मत ल्याई गरी जम्मा पाँंच जना उम्मेदवारहरुले मात्रै एक हजार मत कटाउन सके। यस हिसावले यहाँं धेरैको जमानत जफत भएको छ।  

धेरै उम्मेदवारहरुले आफनो मत एक सयसम्म पनि पु¥याउन सकेनन्। भक्तपुर क्षेत्र नं २ मा सबैभन्दा वढी १३ जना र भक्तपुर क्षेत्र नं १ मा तीन जना गरी कुल १५ जना उम्मेदवारहरुले एक सयसम्म मत पुयाउन सकेनन्।  

भक्तपुर निर्वाचन क्षेत्र नं १ मा तीन जना स्वतन्त्रसहित १४ वटा दल प्रतिस्पर्धी थिए। त्यसमा तीन जना स्वतन्त्रले एक सय भन्दा कम मत मात्रै ल्याउन सफल भए। यो क्षेत्रमा स्वतन्त्र नरिवले ३५, स्वतन्त्र माछाले ७५ र स्वतन्त्र हेलमेटले ७८ मत पाएका थिए। साथै यो क्षेत्रमा स्वतन्त्र टि टेवलले एक सय ४०, नेकपा मालले दुई सय ७७, राष्टिय प्रजातन्त्र पार्टी तीर चुनाव चिन्हले सात सय १७, नेपालका लागि नेपाली पार्टीले दुई सय ४०, आमुल परिवर्तन मसिहा पार्टी नेपालले दई सय ५०, मौलिक जरोकिलो पार्टीले तीन सय ३६, जनता समाजवादी पार्टी नेपालले दुई सय ४६ मत ल्याएका थिए।  

भक्तपुर क्षेत्र नं २ मा राजनीतिक दल र स्वतन्त्र गरी कुल २६ जना उम्मेदवारहरु प्रतिस्पर्धामा थिए। यहाँं सवैभन्दा कम तीन वटासम्म मात्रै मत पाउने पनि छन्। दुई वटा स्वतन्त्र पार्टीहरुले तीनतीन वटा मात्रै मत ल्याउन सके। यहाँं स्वतन्त्र उम्मेदवार टायर चुनाव चिन्ह र स्वतन्त्र उम्मेदवार बकुल्लो चुनाव चिन्हले तीनतीन मात्रै मत ल्याउन सफल भए।  

यो निर्वाचन क्षेत्रमा स्वतन्त्र पुतली चुनाव चिन्ह चार, स्वतन्त्र पानीको जार चुनाव चिन्हले ६ र स्वतन्त्र त्रिभुज चुनाव चिन्ह नौ वटा मतमै सिमित भए।  

यहाँं स्वतन्त्र स्वतन्त्र हेलमेट र स्वतन्त्र टि टेबुल चुनाव चिन्हले १६।१६, स्वतन्त्र खुकुरी चुनाव चिन्हले १८ मतमा खुम्चिए। यस्तै नेपलिज पिपल्स पार्टी २४, राष्टिय जनमुक्ति पार्टी ३०, आमुल परिवर्तन मसिहा पार्टी नेपाल ५७, स्वतन्त्र डोजर चुनाव चिन्ह ८२ मतमै रोकिए।  

यहाँं स्वतन्त्र क्यामेरा दुई सय १३, हाम्रो नेपाली पार्टी एक सय ९४, जनता समाजवादी पार्टी दुई सय २३, राष्टिय प्रजातन्त्र पार्टी तीर चुनाव चिन्ह एक सय ४०, नेपाल विवेकशिल पार्टी एक सय २७, मौलिक जरोकिलो पार्टी एक सय दुई र स्वतन्त्र रिरिन्ज एक सय ६७ मतमै खुम्चिए। यस्तै यहाँं नेपाल आमा पार्टी आठ सय ४५ मतमा सिमित भए।

प्रकाशित: १५ मंसिर २०७९ ०९:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App