८ वैशाख २०८१ शनिबार
राजनीति

कपिलवस्तुमा समानुपातिमा मत पाउनेमा एमाले अघि

कपिलवस्तुमा समाुनपाति तर्फ एमालेले सबै भन्दा बढी मत ल्याएको छ। जिल्लामा समानुपातिक तर्फ बढी मत ल्याउने नेकपा एमाले पहिलो पार्टी भएको हो।  

कपिलवस्तुका तीन प्रतिनिधि सभा र ६ प्रदेश सभा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएसंगै समानुपातिक तर्फ एमाले पहिलो पार्टी भएको हो। मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सबै मतपरिणाम आइसकेको छ।  

प्रतिनिधिसभा तर्फ एमालेले ६९ हजार ५२६ मत पाएको छ। नेपाली कांग्रेसले ५९ हजार ५२ मत पाएर दोस्रो हुँदा १५ हजार ३०६ मत पाएर राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो भएको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ हजार ४५, जनमत पार्टीले १३ हजार ४६४, नागरिक उन्मुक्ती पार्टीले ९ हजार ६२, जनता समाजवादी पार्टी नेपालले ८ हजार ६५० मत पाएको छ।

प्रकाशित: १३ मंसिर २०७९ ११:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App