७ कार्तिक २०८१ बुधबार
image/svg+xml
राजनीति

समानुपातिक तर्फ कालिकोटमा माओवादी पहिलो

कालिकोटमा समानुपातिक तर्फको मतमा पनि नेकपा माओवादी केन्द्र पहिलो बनेको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा तर्फको मतमा माओवादी पहिलो देखिएको हो।

स्थानीय निर्वाचनको मतभारले पनि माओवादी पहिलो थियो। प्रतिनिधिसभा र प्रदेशसभामा पनि माओवादी केन्द्रले आफ्नो दबदबा कायम राखेको छ। स्थानीय निर्वाचनमा दोस्रो मतभार ल्याएको नेपाली कांग्रेस भने यो चुनावमा तेस्रोमा झरेको छ।

नेपाली कांग्रेसलाई नेकपा एमालेले उछिनेको छ। पहिलो हुने माओवादी केन्द्रले सानुपातीक तर्फ १४ हजार २ सय २९ मत पाएको छ, भने नेकपा एमालेको १२ हजार ५ सय ६४ ल्याएको छ। नेपाली कांग्रेसको भने १० हजार ५ सय ८५ मत मात्र आएको छ।

स्थानीय निर्वाचनमा नेपाली कांग्रेस एमालेको ६ सय वढि मत अगाडी थियो। नेपाली कांग्रेसको १२ हजार ९ सय र एमालेको १२ हजार ६ सस मत रहेको थियो। यसपालि भने नेकपा एमालेको मत वढेको छ।

समानुपातिकमा एमालेबाट फुटेको नेकपा एकिकृत समाजवादीको मत भने निकै घटेको छ। स्थानीय चुनावमा ५ हजार मत ल्याएको समाजवादीले यसपालि भने २ हजार ५३ मत मात्र पाएको छ। रवि लामिछानेको स्वतन्त्र पार्टीले ६ सय १ मत प्राप्त गरेको छ।

प्रदेशसभा तर्फ पनि माओवादी पहिलो, नेकपा एमाले दोस्रो र नेपाली काग्रेस तेस्रो भएका छन्। प्रदेश सभामा नेकपा माओवादी केन्द्रको १५ हजार २ सय ५१, नेकपा एमालेको १२ हजार ३ सय ३९ र नेपाली कांग्रेसको ९ हजार २० मत रहेको छ। यस्तै नेकपा एसले २ हजार १ सय २१ मत प्राप्त  गरेको छ।

प्रकाशित: ११ मंसिर २०७९ १५:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App