१० असार २०८१ सोमबार
image/svg+xml
राजनीति

राजेन्द्र महतो पराजित

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएका छन्। सर्लाही २ बाट उम्मेदवार रहेका महतो नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवसँग पराजित भएका हुन्।

नेसपाका यादवले २३,५२९ मत ल्याएका छन् भने लोसपाका महतोले २१,५१८ मत पाएका छन्। दुई हजारभन्दा बढी मतको फराकिलो मतान्तरले राजेन्द्र महतो पराजित हुन पुगेका छन्।

प्रखर मधेसवादी नेताको रुपमा पहिचान बनाएका राजेन्द्र महतो ६ महिने मधेस आन्दोलनका सर्वाधिक चर्चित नेताको रुपमा परिचित थिए। चर्को मधेसवादको नारा दिएर २०७४ को निर्वाचनमा धनुषा ३ मा विमलेन्द्र निधिलाई हराउन पुगेका महतो यसपटक आफ्नै गृह क्षेत्र सर्लाहीमा पराजित भएका छन्।

यसअघि लोसपाका अनिलकुमार झा पनि पराजित भइसकेका छन्।

प्रकाशित: १० मंसिर २०७९ १५:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App