चार संसदीय निर्वाचन क्षेत्र रहेको रौतहटमा दुई सिटमा स्वतन्त्र उम्मेदवारले बाजी मारेका छन्। प्रतिनिधि सभामा दुई स्वतन्त्र तथा नेपाली काँग्रेस र नेकपा एसका एक एक जनाले चुनाव जित्दा रौतहटमा स्वतन्त्रको वर्चस्व देखिएको हो।
रौतहट क्षेत्र नम्बर १ बाट नेकपा एसका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र क्षेत्र नम्बर ४ बाट नेपाली काँग्रेसका देवप्रसाद तिमल्सिना निर्वाचित भएका छन्। तिमल्सिना लगातार दोस्रोपटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।
रौतहट क्षेत्र नम्बर २ र ३ बाट स्वतन्त्र उम्मेदवारहरु क्रमशः किरणकुमार साह र प्रभु साह निर्वाचित भएका छन्। क्षेत्र नम्बर २ का किरणकुमार साह पहिलोपटक प्रतिनिधि सभामा निर्वाचित हुँदा प्रभु साह भने चौथौपटक निर्वाचित भएका हुन्। साह २०६४ को निर्वाचनदेखि लगातार आफ्नो क्षेत्रबाट निर्वाचित हुँदै आएका छन्।
२०७४ को निर्वाचनमा नेपाली काँग्रेसले दुई तथा लोसपा र माओवादी केन्द्रले एक एक सिटमा जित निकालेका थिए।
प्रकाशित: ९ मंसिर २०७९ १३:१७ शुक्रबार