१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

कपिलवस्तु ३ (२) मा राप्रापाका जानकी प्रसाद यादव विजयी

प्रतिनिधि सभा क्षेत्र नम्बर ३ (२) मा राप्रपाले  खाता खोलेको छ। राप्रपाका जानकी प्रसाद यादवले ५ सय ५३ मतान्तरले चुनाव जितेका छन्। यादवले ८ हजार ६४ मत पाए। उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका रजाउ रहमान खाँले ७ हजार ५११ पाए।  

यस्तै यसै क्षेत्रका पूर्व प्रदेश सदस्य बिरेन्द्र कुमार कनौडियाले ५ हजार ७९५ र जनता प्रगतिशिल पार्टीका मिर्जा रासिद बेगले ५ हजार २९ मत ल्याए। प्रदेश सदस्यमा विजयी यादव २ पटक बिजयनगर गाउँपालिकामा पराजित भएका थिए। जसपा नेपालबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका यादव २०७४ सालको स्थानीय तहको निर्वाचनमा जसपाबाट गाउँपालिका अध्यक्षमा उठेका थिए। गत स्थानीय तहको निर्वाचनमा उनी फेरि जसपाबाट गाउँपालिका अध्यक्षमा उठेका थिए। अहिले भने राप्रापाबाट चुनाव जितेका हुन्।  

उता कपिलवस्तु क्षेत्र नम्बर ३ (१) मा एमालेका अर्जुन केसी ७ मतले विजयी भएका छन्। प्रतिनिधि सभा तर्फ यस क्षेत्रमा कांग्रेसका अभिषेक प्रताप शाह र एमालेका मंगल प्रसाद गुप्ता बीच कडा प्रतिस्पर्धा चलिरहेको छ। क्षेत्र नम्बर ३ (१) मा एमालेका अर्जुन केसी विजयी भएका छन्। यस्तै कपिलवस्तु क्षेत्र नम्बर १ मा एमालेका बलराम अधिकारी र १ (१)मा एमालेका बिष्णु पन्थी र १ को २ मा एमालेका मधुसुदनशरण चौधरी विजयी भएका छन्। यस्तै क्षेत्र नम्बर २ को १ मा नवराज छामिछाने विजयी भएका छन्।

प्रकाशित: ९ मंसिर २०७९ ०१:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App