१५ चैत्र २०८० बिहीबार
राजनीति

इलाम २ मा सुवास नेम्बाङको अग्रता कायमै

इलाम क्षेत्र २ का उम्मेदवारद्वय एमालेका सुवासचन्द्र नेम्बाङ र कांग्रेसका डम्बरबहादुर खड्का।

इलाम क्षेत्र नम्बर २ को जारी मतगणनामा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले अग्रता कायम राख्दै मतान्तर बढाएका छन्। पछिल्लो मतपरिणाम अनुसार नेम्बाङ निकट प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काभन्दा १ हजार ४ सय ८५ मतान्तरले अघि छन्।

नेम्बाङले १४ हजार ४ सय ३५ मत ल्याएका छन् भने खड्काको १२ हजार ९ सय ५० मत आएको छ। अहिलेसम्म क्षेत्र २ का माङ्सेबुङ, चुलाचुली, फाकफोकथुम गाउँपालिका र माई नगरका वडा ६, ७, ८ को गणना सकिएको छ। 

अब यो क्षेत्रका देउमाई र इलाम नगरपालिकाको मतगणना गर्न बाँकी छ। इलाम नगरमा १२ र देउमाईमा ९ वटा वडा छन्। क्षेत्र २ प्रतिनिधिसभामा १ लाख १५ हजार ४ सय २३ मतदाता रहेकामा ६९ हजार ८५ मत खसेको छ। यसमध्ये अहिलेसम्म करिब ३२ हजार मत गणना भइसकेको छ।

प्रकाशित: ८ मंसिर २०७९ १३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App