७ वैशाख २०८१ शुक्रबार
राजनीति

महानगरपालिकाका विजयी सांसदलाई मेयर शाहले दिए बधाई

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधि सभा सदस्य निर्वाचित काठमाडौंका १० वटै क्षेत्रका सांसदलाई बधाई दिएका छन्।

बिहिबार आफ्नो आधिकारीक फेसबुक पेजमार्फत उनले भखरै काठमाडौं महानगरपालिकाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदलाई बधाई दिएका हन्।  

उनले लेखेका छन्, ‘भर्खर सम्पन्न निर्वाचन सबै उम्मेदवारहरुको कोशिसको सम्मान छ। निर्वाचितहरुलाई बधाई र शुभकामना छ। काठमाण्डौँ महानगरपालिका देशकै राजधानी हो। देशभरिका मानिसहरुको प्रत्यक्ष सरोकारका धेरै विषयहरुमा काठमाडौं महानगर जोडिनु पर्ने अवस्था हुन्छ।’  

उनले भनेका छन् ‘काठमाडौं महानगरभित्रका समस्या, तिनको पहिचान र दीगो समाधानले देशभरि नै सकारात्मक उर्जा र उदाहरण प्रवाह गर्न सक्दछ। तर कतिपय समस्या, कार्यक्षेत्र र अधिकारहरु यसरी अन्तर सम्बन्धित हुन्छन् कि महानगरको एक्लो प्रयासले तिनको दीगो समाधान गर्न गाह्रो हुन्छ। खोला किनार ब्यबस्थापन , फोहोर व्यवस्थापन, बागमती, टुकुचा, धोबीखोला आदी समस्याहरुको समाधानका लागि संघीय सरकारको स्रोत साधन र सहकार्य आवश्यकता पर्दछ,’ उनले भनेका छन्, ‘काठमाण्डौँ महानगरलाई सुन्दर, स्वस्थ र समतामुलक बनाउन तपाईहरु सबैको साथ आवश्यक हुनेछ। तपाईहरुसँग सहकार्य गरेर काठमाण्डौँ बनाउन हामी आतुर छौँ।’

उनले सांसदहरूसँग महानगरले सहकार्य गर्ने पनि बताएका छन्।

प्रकाशित: ८ मंसिर २०७९ १२:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App