१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

कपिलवस्तु १ (क) मा एमालेका विष्णु पन्थी विजयी

कपिलवस्तु १ को प्रदेश सभा (क) मा नेकपा एमालेका विष्णु पन्थी विजयी भएका छन्।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको विहिवार  सम्पन्न प्रदेश सभा मा  उम्मेदवार पन्थीले २० हजार २ सय ४७ मत प्राप्त गरी विजयी भएका हुन्। मतगणनाको सुरुवाती चरण देखि नै अगाडी देखिएका पन्थी फराकिलो मतान्तरले विजयी भएका हुन्।

पन्थीका प्रतिस्पर्धी सत्ता गठबन्धनका नेपाली काङ्ग्रेसका उम्मेदवार डोलकराम घिमिरेले १५ हजार ७ सय ९७ मत प्राप्त गरे। घिमिरेलाई ४ हजार ४ सय ५० मतले पछाडि पार्दै पन्थी प्रदेश सभामा दोस्रो कार्यकालका लागि विजयी भएका हुन्।

प्रकाशित: ८ मंसिर २०७९ १२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App