४ माघ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

५२ दिन हिरासत बसेका पूर्णबहादुर घर्तीको राजनीतिक यात्रा !

तस्बिर पुर्णबहादुर घर्ती।

रुकुम पूर्वको भूमे गाउँपालिका–९, चुनबाङमा जन्मिएका ५५ बर्षिय पूर्णबहादुर घर्ती मगर यस अघि लुम्बिनि प्रदेशका सभामुख हुन्। उनी अहिले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। घर्तीले स्नातकसम्मको अध्यन गरेका छन्। एक छोरीका बाबु घर्तीकी श्रीमती सीता आचार्य जिल्ला समन्वय समिति रोल्पाका प्रमुख हुन्।  

२०३७ सालमा अनेरास्ववियुको सदस्यता प्राप्त गरि राजनितिक यात्रा सुरु गरेका घर्तीले २०४१ देखि पाटिको राजनिति सुरु गरे। उनले नेकपा मशालको २०४७ मा चितवनमा सम्पन्न राष्ट्रिय सम्मेलनमा प्रतिनिधित्व गरेका थिए। २०४८ मा नेकपा मशालको जिल्ला कमिटीमा मनोनीत भए।  

घर्ती पञ्चायत विरोधी आन्दोलनको क्रममा २०४५ पौष २७ गते रोल्पाको लिवाङमा प्रहरीद्धारा गिरफ्तार परि यातनाका साथ ५२ दिन हिरासत बसेका थिए। २०४७ देखि २०५२ सम्म केन्द्रिय सांस्कृतिक टोली सामनामा परिवारमा र जनसांस्कृतिक संघको केन्द्रिय नेतृत्वमा रहि विशेषत राप्तीमा सांस्कृतिक अभियानको नेतृत्वदायी भूमीका निर्वाह गरे।

२०४८ मा सम्पन्न नेकपा (मशाल)को एकता जिल्ला सम्मेलनबाट जिल्ला समितिमा निर्वाचित भई एकता महाधिवेशमा प्रतिनिधि छनोट भए। २०४८ मा संयुक्त जनमोर्चा रूकुमको सचिव हुदै २०५४ देखि २०५७ सम्म नेकपा (माओवादी) रुकुम जिल्ला सेक्रेटरीको जिम्मेवारीमा रहे।

२०५७ मा सम्पन्न नेकपा (माओवादी)को दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समितिमा निर्वाचित भए पछि २०५७ देखि २०५८ सम्म नेकपा (माओवादी)को म्याग्दी, बाग्लुङ र रुकुमको इन्चार्ज सम्हाले।  

२०५८ देखि २०६० सम्म नेकपा (माओवादी)को भेरी कर्णाली क्षेत्रीय ब्युरो अन्तर्गत दैलेख, जाजरकोट, डोल्पा र सुर्खेतको पार्टी इन्चार्ज बने। २०६२ देखि २०६४ सम्म नेकपा माओवादी रुकुम जिल्ला इन्चार्ज र २०६६ देखि २०६९ सम्म एकीकृत नेकपा माओवादीको मगरात राज्य समितिको सेक्रेटरी हुदै २०६९ असार देखि २०७० सम्म एकीकृत नेकपा (माओवादी)को थारुवान राज्य इन्चार्जको जिम्मेवारीमा रहे। 

२०७१ देखि २०७२ सम्म नेकपा (क्रान्तिकारी माओवादी)को पश्चिम मगराात इन्चार्ज बनेका उनी २०७३ को पार्टी एकीकरणपछि नेकपा (माओवादी केन्द्र) पार्टीको केन्द्रीय सचिवालय सदस्य एवं लुम्बिनी प्रदेश संयोजक बने।

२०७४ मा सम्पन्न प्रदेश सभाको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को प्रतिनिधित्व गर्दै वाम गठबन्धनको उम्मेदारका रूपमा रुकुम पूर्व क्षेत्र नं. १ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका उनले लुम्बिनी प्रदेशका सभामुखको जिम्मेवारी सम्हाली सकेका छन्।  

प्रकाशित: ८ मंसिर २०७९ ०८:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App