१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कैलाली १ मा रञ्जिता श्रेष्ठको जित सुनिश्चित

कैलाली–१ मा प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रञ्जिता श्रेष्ठको जित सुनिश्चित भएको छ। उनले गणना हुन बाँकी मत भन्दा धेरै मतान्तरले अग्रता लिएकी छन्।  

निर्वाचन अधिकृतको कार्यालयका अनुसार श्रेष्ठले २६ हजार १५५ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका रामजनम चौधरीले १५ हजार ७१८ मत पाएका छन्। उनीहरु बिचको मतान्तर १० हजार ४३७ रहेको छ।

टीकापुर घटनामा दोषी ठहर भई हाल जेल जीवन बिताइरहेका पूर्व सांसद रेशमलाल चौधरीकी श्रीमती समेत रहेकी श्रेष्ठ सो पार्टीकी अध्यक्ष हुन् भने चौधरी काँग्रेस केन्द्रिय सदस्य तथा पूर्वमन्त्री हुन्।    

कुल १ लाख ७ हजार ६७२ मत मध्ये ६४ हजार ३३२ मत खसेको थियो। जसमध्ये हालसम्म ५५ हजार ७२३ मत गणना भैसकेको छ। सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडका अनुसार ८ हजार ६०९ मत गणना हुन बाँकी छ। अहिलेसम्म २ हजार ९१० मत बदर भएको छ।

हालसम्मको मत गणना अनुसार नेकपा एमालेका तपेन्द्रबहादुर रावलले ५ हजार २३९, राप्रपाका लोकेन्द्र कुँवरले ३ हजार २२७ र रास्वपाका टंक ढुंगानाले १ हजार ६४५ मत प्राप्त गरेका छन्।

प्रकाशित: ८ मंसिर २०७९ ०४:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App