१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मतगणना सुरु गर्न माग गर्दै दोलखामा मसाल जुलुस

मतगणना सुरु गर्न माग गर्दै दोलखामा सत्ता गठबन्धन निकट कार्यकर्ताले बुधबार साँझ सदरमुकाम चरिकोटमा मसाल जुलुस निकालेका छन्।  

दोलखामा हालसम्म मतगणना सुरु भएको छैन्। विपक्षी एमालेले ५ स्थानमा एकलौटी मतदान भएको भन्दै पुन मतदानको माग गरेर उजुरी दिएपछि अहिलेसम्म गणना शुरु हुन सकेको छैन्।  

निर्वाचन आयोगले जिल्लामा छानबिन टोली पठाएको छ। मतपेटिका सदरमुकाम चरिकोट स्थित गौरीशंकर क्याम्पसमा थन्क्याइएको छ।  

गणना बारे अन्योल छ। बुथ कब्जा गरिएका स्थानमा पुन मतदान नगरे गणनामा सहभागी नहुने अडान एमालेले लिएको छ भने कांग्रेस माओवादीले तत्काल मतगणना थाल्न दवाव दिएको छ।

प्रकाशित: ७ मंसिर २०७९ १२:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App