पर्सा क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टीका प्रदीप यादव दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका बागी उम्मेदवार अजयकुमार द्विवेदीलाई १६२० मतले पाराजित गर्दै उनी निर्वाचित भएका हुन् । यादवले २२ हजार ५ सय ३७ मत पाउँदा द्विवेदीले २० हजार ९ सय १७ मत प्राप्त गरेका छन् ।
प्रकाशित: ७ मंसिर २०७९ १२:०२ बुधबार