२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सिन्धुलीमा गठबन्धनको अग्रता

सिन्धुलीमा सत्ता गठबन्धनको अग्रता कायम भएको छ। सत्तासीन पाँचदलीय गठबन्धनले अग्रता लिएको हो। सिन्धुलीको प्रतिनिधिसभा सिन्धुली क्षेत्र नं १ मा सत्ता गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका श्यामकुमार घिमिरेको अग्रता कायम छ। घिमिरेले ९ हजार ६ सय ७९ मत पाएका छन् भने नेकपा एमालेका प्रदिप कटुवालले ८ हजार २ सय ९८ मतसहित पछ्याएका छन्। त्रेस्रो स्थानमा गोलाकारभित्रको घन्टी निर्वाचन चिन्हले ४ सय ७९ मत पाएको छ।

यसैगरी प्रतिनिधिसभा सिन्धुली क्षेत्र नं २ मा पनि सत्ता गठबन्धन र एमालेको प्रतिस्पर्धा नै रहेको छ। गठबन्धनका तर्फबाट माओवादी केन्द्रका लेखनाथ दाहाल (राजन) ले ८ हजार १ सय ३६ मतसहित अग्रता लिएका छन्। उनलाई एमालेका उम्मेदवार मनोजजंग थापाले ५ हजार ९ सय ६१ मतसहित पछ्याएका छन्।  

यसैगरी सिन्धुली क्षेत्र नं २ को प्रदेश १ मा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार छेत्रबहादुर बम्जनले एमालेका विनोद खड्कालाई निकै पछाडि पारेका छन्। बम्जनले ९ हजार ३ सय ८१ मत पाउँदा एमालेका खड्काले ६ हजार २ सय ८४ मत पाएका छन्।

यस्तै क्षेत्र नं २ कै प्रदेश २ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका बाबुराम भट्टराईनिकट नेता गंगानारायण श्रेष्ठले गोलाकारभित्रको हसिया–हथौडा निर्वाचन चिन्हमा ८ हजार चार सय ५२ मतसहित अग्रता लिएका छन् भने उनलाई एमालेका रामुकमार पौडेलले ६ हजार ४ सय ८६ मतसहित पछ्याइरहेका छन्।

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको सिन्धुलीमा मतगणना जारी छ। सिन्धुलीमा दुई लाख आठ हजार तीन सय ७० मत रहेकोमा १ लाख १८ हजार ९ सय ५० मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

 

प्रकाशित: ७ मंसिर २०७९ ०१:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App