१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

श्रेष्ठको चार जीत चार हार

नेकपा एमालेको तर्फबाट काठमाडौ निर्वाचन क्षेत्र नं ९ बाट जित हासिल गरेका एमाले नेता कृष्णगोपाल श्रेष्ठको संयोग भने चार जित र चार हार रहेको छ। यसअघि कांग्रेसले जित्दै आएको सो क्षेत्रमा अघिल्लो पटक बाम गठन्धनबाट श्रेष्ठले जितेका थिए। यो सहित चौथौ पटक जित निकालेका श्रेष्ठले आफ्नो जित सम्पुर्ण मतदाताको जित भएको बताएका छन्। निर्वाचन अघि खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार टेकबहादुर पोखरेललाई ९ सय ९५ मतले पछि पार्दै आठौं पटक उम्मेदवारी बनेर चौथो जित हासिल गरेका श्रेष्ठले आफ्नो जित सबै मतदातहरूको भएको बताएका हुन्। ‘यो निर्वाचनमा पनि त्यसरीनै विजयी गराउनुभएकोमा सबै मतदातालाई धन्यवाद दिन चाहन्छु। यो जित मेरो मात्र होइन सम्पुर्ण राष्ट्रवादी जनताको हो, नेकपा एमालेको हो,’ नेता श्रेष्ठले यो जितले आफूलाई अझै उत्साह थपिएको बताएका छन्।  

‘अब जनताको घर घरमा गएर थप काम गर्नेछु,जनताको योजना अनुसार विकास निर्माणको गतिलाई थप तीव्र गतिमा लौजानेछु,’ उनले भने। काठमाडौं क्षेत्र नम्बर ९ मा ४३ हजार ६७ मत खसेको थियो। श्रेष्ठले ११ हजार ९ सय ५६ मत ल्याएर विजयी भएका थिए। श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल १० हजार ९ सय ६१ मत ल्याएका थिए। गठबन्धनबाट उम्मेदवार भएकी माओवादी केन्द्रकी कल्पना धमलाले ६ हजार ४ सय २ मत पाएकी थिइन्। २०४८ पछि भएको निर्वाचनमा आठपटक उम्मेदवार बनेका श्रेष्ठ एमालेका स्थायी कमिटी सदस्य हुन्। यसअघि तत्कालीन ओली सरकारका शहरी विकास, शिक्षा , विज्ञान तथा प्रबिधि, वन तथा वातावरण,स्वाथ्य तथा जनसंख्या, श्रम रोजगार तथा सामाजिक सुरक्षा र युवा तथा खेलकुद मन्त्री भएका थिए। उनी मन्त्री भएका बेला एमाले अध्यक्ष केपी ओलीलाई फुटबलर पेलेसँग दाज्दै गरेको भाषण निकै चर्चामा आएको थियो। श्रेष्ठले यसअघि २०४८, २०५१, २०७४ र यो निर्वाचनमा विजय हासिल गरेका थिए। निर्वाचित भएलगत्तै श्रेष्ठले बल्खुस्थित मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका थिए।

प्रकाशित: ७ मंसिर २०७९ ०१:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App