coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने दल अदलबदल हुँदै

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा राष्ट्रिय मान्यता प्राप्त दल कति बन्दछन् र कुन कुन बन्दछन् भन्ने विषयले चर्चा पाएको छ।२०७४ सालको निर्वाचनको परिणाम हेर्दा राष्ट्रिय मान्यता प्राप्त दल चार थिए।जसमा तत्कालीन नेकपा, कांग्रेस, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टी थिए।पछि नेकपा एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी गरी छ दलले राष्ट्रिय मान्यता प्राप्त गरेका थिए।नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा र नेपाल मजदुर किसान पार्टी ‘थ्रेसहोल्ड’ नकटाएका कारण राष्ट्रिय दल बन्न सकेनन्।नयाँ शक्ति पार्टी संघीय समाजवादी पार्टीमा एकता भएको थियो।भने राजमो, राप्रपा र नेमकिपाले भने स्वतन्त्र दलको हैसियतले संसदमा भाग लिए।गत, पाँच वर्षको अवधिमा पनि राष्ट्रिय मान्यता प्राप्त दलको संख्या पहिलाभन्दा बढी बढ्ने क्रममा रह्यो।एमाले र माओवादी केन्द्रको एकताबाट बनेको नेकपा, कांग्रेस, राजपा, संघीय समाजवादी फोरमको एकताले प्रतिनिधिसभामा राष्ट्रिय मान्यता प्राप्त दल तीनवटा मात्रै थिए तर एमालेको विभाजन, मधेसीवादी दलको विभाजले फेरी जसपा र लोसपा बनेपछी राष्ट्रिमान्यता प्राप्त दलको संख्या छ पुगेको अवस्था हो।तर, यसपटक एकीकृत समाजवादी, लोसपा र जसपाले राष्ट्रिय पार्टीको मान्यता प्राप्त गर्न कठिन देखिदै आएको छ।भने राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने राष्ट्रिय मान्यता प्राप्त गर्ने दिशमा उन्मुख छ।

कांग्रेस एमाले र माओवादी केन्द्र पछि राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले राष्ट्रिय दलको मान्यता प्राप्त गरेमा गत पाँच वर्ष अवधिको अवस्थामा थोरै परिवर्तन आउने देखिन्छ।स्वतन्त्र हैसियतका दलहरूको संख्यामा यसअघिको भन्दा वृद्धि हुने अवस्था देखिएको छ।प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६० को उपदफा ११ र १२ मा गरेको व्यवस्थाले तीन प्रतिशत ‘थ्रेसहोल्ड’ नकटाएमा राष्ट्रिउ मान्यता प्राप्त दल बनन नसक्ने व्यवस्था छ।सो ऐनको दफा ११ मा भनिएको छ ‘अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुनेछ।’ राष्ट्रिय दलको मान्यता प्राप्त गर्नका लागि प्रत्यक्ष तर्फ एक सिटमा निर्वाचिन भएको हुनुपर्ने व्यवस्था छ।जसबाट प्रत्यक्ष तर्फ एक सिट र समानुपातिक तर्फ तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएमा मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्न सकिन्छ।

प्रदेशसभा तर्फ १ दशमलव ५ प्रतिशत मत ल्याउने दलबाट प्रदेशसभामा प्रतिनिधित्व गर्न पाउने व्यवस्था छ।समानुपातिक तर्फ ३ प्रतिशत मत कटाए पनि प्रत्यक्षतर्फ एउटा क्षेत्र पनि नजितेका दलहरूले राष्ट्रिय दलको मान्यता प्राप्त गर्न सक्दैनन् तर, सांसदलाई संसदमा पठाउन सकिने व्यवस्था छ।अघिल्लो निर्वाचनमा प्रदेश सभामा जसमा विवेकशील साझा र नेमकिपाबाट सांसद भएका थिए।तर, प्रतिनिधिसभामा भने प्रत्यक्ष निर्वाचित भएका तर समानुपातिकमा ‘थ्रेसहोल्ड’ नकटाएकाहरू मात्र थिए।

निर्वाचन आयोगले कुल मतदाताको ६१ प्रतिशत मात्र मत खसेको अनुमान गरेको छ।कुल एक करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता मध्ये ६१ प्रतिशत मत खसेको हो भने कुल १ करोड ९ लाख ७० हजार मतदाता हुनपुग्छन्।यो संख्यालाई आधार मानेर जानेहो भने ‘थ्रेसहोल्ड’ कटाउन तीन लाख २० हजार मत ल्याउनु पर्दछ।कम्तीमा पनि दुई वा तीन प्रतिशत मत बदर हुने गर्दछ।विगतको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा दुवैको समानुपातिक मतपत्र एउटै भएका कारण धेरै मत बदर भएको थियो।यो निर्वाचनमा कती मत बदर हुन्छन् त्यसपछि मात्रै यसबारे भन्न सकिन्छ।अहिलको निर्वाचनमा ४८ दलले समानुपातिक प्रणालीतर्फ भाग लिएका छन्।

प्रतिनिधिसभा निर्वाचन २०७४ मा समानुपातिक प्रणालीमा सहभागी ४९ वटा राजनीतिक दलले ९९ लाख भन्दा बढी मत पाएका थिए।त्यसमध्ये ४४ वटा दलले तीन प्रतिशत मत कटाउन नसकेपछि उनीहरूले पाएको १४ लाख मत गणना भएन।

प्रकाशित: ७ मंसिर २०७९ ०१:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App