१५ चैत्र २०८० बिहीबार
राजनीति

सिन्धुलीमा मतगणना सुरु

सिन्धुलीमा मतगणना सुरु भएको छ। कन्दमुल तथा तरकारी बिकाश केन्द्र भित्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सिन्धुलीको छेत्र नम्बर २ को मतगणना सुरु भएको हो।  

आइतबार साझ ५ बजे मतदान सकिए पनि मतपेटिका सोमबार बिहान सम्म जिल्लाभर को आएकाले मतगणनामा केही समय ढिला भएको मुख्य निर्वाचन अधिकृत उपेन्द्र गौतमले जानकारी दिए।  

उनका अनुसार मतपेटिका संकलन पश्चात सर्बदलिय बैठक सकिएपछी साझ ६ बजेबाट मतगणना सुरु भएको हो। प्रतिनिधिसभा, प्रदेशसभा गरि तीन स्थानमा मतगणना भैरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित: ५ मंसिर २०७९ १३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App