७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रदेशसभा सदस्यामा मत नखसालेका रवि भन्छन्,संरचना सुधार्न आवश्यक छ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गरेका छन्।  

उनले आइतबार बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मतदान गरेका हुन्। सभापति लामिछानेले प्रदेशसभा सदस्यामा भने मत खसालेनन् अहिलेको प्रदेश संरचनालाई नसुधारेसम्म आफू सहभागी नहुने उनको भनाइ थियो। अहिलेको प्रदेशसभा धेरै खर्चिलो र जनमुखी सेवा प्रवाह गर्ने नभएकाले प्रदेशसभामा आफू सहभागी नबनेको उनले बताए।  

चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार लामिछानेले मतदाता नामावलीमा नाम चितवनमा नभएकाले आफूले आफैंलाई मत हाल्न पाएनन्। भोट खसालिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफूले जितेमा देश समृद्ध, सुशासित हुने प्रतिबद्धता जनाए। 

प्रकाशित: ४ मंसिर २०७९ ०३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App