१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास भएकोले उत्साहपूर्वक सहभागिता जनाउन राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास भएकोले उत्साहपूर्वक सहभागिता जनाउन आग्रह गरेकी छिन्।

शनिबार एक सन्देश जारी गर्दै उनले मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास भएकाले यस निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन आग्रह गरेकी हुन्।  

उनले निष्पक्ष‚ भयरहित र स्वतन्त्र वातावरणमा नागरिकले मताधिकार प्रयोग गर्दै सम्पन्न हुने आम निर्वाचनबाट लोकतान्त्रिक प्रणाली र संस्थाहरू क्रमशः जनउत्तरदायी हुँदै जाने बताएकी छिन्।  

निर्वाचनबाट शासन प्रणालीमा जनताले खोजेको सुशासन र पारदर्शिता स्थापित गर्न मद्दत पुग्ने उनको विश्वास छ। स्वस्थ र सबल लोकतन्त्रबाट शान्ति‚ स्थायित्व र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सकिने उनले बताएकी छन्।

प्रकाशित: ३ मंसिर २०७९ ०९:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App