१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

ताप्लेजुङमा थपिए एक हजार ८५६ मतदाता

खगेन्द्र अधिकारी  

फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गत असोज १० गतेदेखि खुल्ला भएको फोटो सहितको मतदाता नामावली दर्ता कार्यमा ताप्लेजुङमा १ हजार ८ सय ५६ जनाले नाम दर्ता गराएका छन् ।  

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी वान्दवराज(विपिन)दुलालका अनुसार १ हजार २५ पुरुष र ८ सय ३१ महिलाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।  

राष्ट्रिय परिचयपत्रतर्फबाट १ हजार १ सय ४९ जनाको निवेदन प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठका अनुसार ताप्लेजुङमा २०८२ साल असार १६ गतेसम्म दर्ता भएका फोटोसहितको मतदाता नामावलीमध्ये २०८२ साल कात्तिक १६ गतेसम्ममा ८९ हजार ४९० जना मतदानका लागि योग्य देखिएका छन् ।  

मतदानका लागि योग्य मतदातामध्ये ४७ हजार ८१९ पुरुष र ४१ हजार ६७१ महिला छन् ।

प्रकाशित: ५ मंसिर २०८२ १७:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App