३१ वैशाख २०८३ बिहीबार
image/svg+xml
फोटो फिचर

मनोहराका सुकुम्बासी बस्ती हटाउने काम जारी : स्थलगत निरीक्षणमा पुगे आइजिपी कार्की (तस्बिरहरू)

मनोहरा खोला किनारमा रहेको सुकुम्बासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउने कामले तीव्रता पाएको छ। शनिबार साँझदेखि सुरु भएको यो अभियान आइतबार बिहानैदेखि पुनः सञ्चालन गरिएको हो।

बस्ती खाली गराउने अभियानबारे जानकारी लिन नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्की पनि आइतबार बिहान सुकुम्बासी बस्ती पुगेका छन्। उनले त्यहाँ भइरहेको कार्य र सुरक्षा अवस्थाको निरीक्षण गरेका हुन्। 

यसअघि शनिबार साँझ केही ठूला पक्की घरहरू भत्काउने क्रममा स्थानीय बासिन्दाले अवरोध सिर्जना गरेका थिए।

तस्बिर : विजय राईं/नागरिक

प्रकाशित: १३ वैशाख २०८३ ११:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App