५ आश्विन २०८३ सोमबार
image/svg+xml
समाज

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको जानकारी दिएको हो।

महाशाखाले सोमबार बिहान जारी गरेको पूर्वानुमानअनुसार उत्तर अन्डमन सागर तथा आसपास विकसित न्यूनचापीय क्षेत्र अहिले मध्यपूर्व बंगालको खाडीमा रहेको छ। उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

पूर्वानुमानअनुसार कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहँदा तराई क्षेत्रमा भने मौसम मुख्यतः सफा देखि आंशिक बदली रहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले देखिन्छ। 

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार काठमाडौं उपत्यकामा सोमबार दिउँसो तथा साँझ हल्कादेखि मध्यम वर्षा हुन सक्ने देखिएको छ। केही स्थानमा तुलनात्मक रूपमा बढी र अन्य स्थानमा हल्का वर्षा हुन सक्नेछ।

प्रकाशित: ५ आश्विन २०८३ ०९:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App