नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज अपराह्न काठमाडौंको खुलामञ्चमा हुँदैछ। महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ।
आज उद्घाटन सत्र हुनेछ भने असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन प्रक्रिया हुने कार्यक्रम छ।
देशभर परेको निरन्तर वर्षाका कारण असोज १६ गतेका लागि तय भएको महाधिवेशन आजदेखि सुरु हुन लागेको हो। देश तथा विदेशबाट महाधिवेशन प्रतिनिधिहरू खुलामञ्चमा आउने क्रम जारी छ।
तस्बिर : द्वारिका काफ्ले/नागरिक










प्रकाशित: १८ आश्विन २०८३ १३:४७ आइतबार




