
राजनीति
नेपाल नर्सिङ संघको आह्वानमा मिनभवन स्थित सिभिल हस्पिटलका नर्सहरूले आज अत्यावश्यक सेवा बाहेकका नर्सिङ सेवा २ घण्टा बन्द गरेर विरोध गरेका छन्।
नेपाल नर्सिङ संघले पुनः पेस गरेको माग पूरा गर्ने सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यदल गठन गरेको र उक्त कार्यदलको कार्य अवधि छठपछि ७ कार्यदिन रहेको र दबाब स्वरुप नर्सहरू आन्दोलनमा उत्रिएका हुन्।
यो किसिमको आन्दोलन देशका अन्य अस्पतालमा समेत भइरहेको छ।
तस्बिर : दिपेश दर्शनधारी/नागरिक








