कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थित आलोक होटल अगाडि शनिबार मध्यरातमा स्कर्पियोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
शनिबार राति लुम्बिनी प्रदेश ०१–००१ च २०५४ नम्बरको महिन्द्रा स्कर्पियोले लु १४ प ५१९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा शिवराज नगरपालिका–२ हल्लानगर निवासी १८ वर्षीय मोटरसाइकल चालक दीपक विक गम्भीर घाइते भएका थिए। चन्द्रोटा स्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुले जनाएको छ।
यस्तै, दुर्घटनामा सोही स्थानकी २१ वर्षीया शोभा श्रीपाली घाइते भएकी छिन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न स्कर्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: १७ श्रावण २०८३ ०९:२२ आइतबार



-600x400.jpg)

