
समाज
अखिल नेपाल फुटबल संघ (एन्फा) सातदोबाटोस्थित एन्फा मुख्यालय बाहिर खेलाडीहरूले प्रदर्शन गरेका छन्।
एन्फाले यो वर्ष ए डिभिजन लिग नगर्ने भएपछि खेलाडीहरूले प्रदर्शन गरेका हुन्। झण्डै तीन वर्षदेखि नभएको ए डिभिजन लिग फेरि यस वर्ष नगरी अर्को वर्ष मात्र गर्ने निर्णयविरुद्ध खेलाडीहरूले प्रदर्शन गरेका हुन्। नेपाल फुटबल खेलाडी संघको आयोजनामा प्रदर्शन भइरहेको हो।







