'पूर्णसुकुम्बासी, भूमिहीन, स्वःबासी तथा अव्यवस्थित बसोबासी एक होऊ' भन्ने नारासहित संयुक्त सुकुम्बासी मोर्चा नेपालले शुक्रबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।
सरकारले सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीका घरमा क्रूरतापूर्वक डोजर चलाएर जबरजस्ती उठीबास गराएको भन्दै मोर्चाले प्रदर्शन गरेको हो। प्रदर्शनकारीहरूले आफूहरूलाई वैकल्पिक व्यवस्थाबिना हटाइएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले थाल ठटाएर विरोध जनाएका छन्। 'हुनुपर्छ चमेली सबेलाई बराबर', 'मानवअधिकारको सम्मान गर'लगायतका नारा लेखिएका प्लकार्ड बोकेर प्रदर्शन गरेका छन्।

















प्रकाशित: २५ वैशाख २०८३ १३:५५ शुक्रबार





