
कला/साहित्य
वसन्तपुरमा साइबर सुरक्षा साक्षरता र साइबर सुरक्षामा लगानी बढाउन पेन्टेस्टर नेपालले सरकारविरुद्ध प्रदर्शन गरेको छ। शनिबार दिउँसाे बसन्तपुर क्षेत्रमा पेन्टेस्टर नेपालले मिलियन मास्क मार्च आयोजना गरेकाे हाे।
मिलियन मास्क मार्च एक मौन विरोध हो। सन् २०१२ मा साइबर सुरक्षाको क्षेत्रमा परिचित एनोनिमस ग्रुपले यो अभियान अमेरिकाको लण्डन र वाशिङटन डिसीबाट सुरु गरेको थियो। यो अभियानमा मुख्यतया भ्रष्टाचार, हिंसा र समाजका अन्य विकृतिलाई उठाइन्छ। प्रत्येक वर्ष नोभेम्बर 5 मा, मिलियन मास्क मार्च प्रदर्शनी संसारभर आयोजित गरिन्छ।






