१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

पशुपतिमा तीजको राैनक (फोटोफिचर)

भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शनार्थीको बिहान तीन बजेदेखि नै भीड लागेको छ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यस पर्वमा व्रत बसी शिव(पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासका साथ यो पर्व मनाइँदै आएको छ।

 हिन्दू नारीका लागि विशेष मानिने तिज पछिल्ला वर्षमा सबै समुदाय र जातिको सद्भाव र मिलापको पर्व बन्दै आएको पाइन्छ। आज निराहार व्रत बसेपनि नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत गर्न सकिन्छ।

स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिन्छ। चिकित्सकले समेत आफ्नो स्वास्थ्यको ख्याल गरेर मात्र व्रत बस्न आग्रह गर्दै आएका छन्। आज बिहानैदेखि देशभरका शिवालयमा व्रतालुको भीड छ । हेरौं पशुपतिनाथ मन्दिर परिसरमा हर्षोल्लास र भक्तिभावमा रहेका महिलाको केही तस्बिरहरू  

  

  

 

 

प्रकाशित: १४ भाद्र २०७९ ०३:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App