१० माघ २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

हिउँले यसरी ढाक्याे कर्णाली

जुम्ला–यो वर्ष कर्णाली पहिलो पटक हिउँले ढाकिएको छ। अघिल्लो वर्ष मंसिरदेखि नै हिउँ पर्न थाल्ने भएपनि यो पटक माघको पहिलो सातामा मात्रै कर्णाली हिउँले ढपक्क भएको हो। मंगलबार दिउसोदेखि परेको हिमपातका कारण पुरै कर्णाली सेताम्य भएको छ। योसँगै यहाँ अत्याधिक चिसो बढेको छ। कर्णालीको हुम्ला, जुम्ला, कालिकोट, डोल्पा र मुगु जिल्लामा अहिले पनि हिमपात जारी छ। हिमपातका कारण कर्णालीको जनजीवन निकै कष्टकर बनेको छ। जुम्लामा अपरान्ह ४ वजेदेखि परेको हिमपात रोखिएको छैन।

IMG 0372

हिउँले डाडाँकाडा सेतो गलैचा लगाएको जस्तो देखिएका छन्। मंगलबार विहानैदेखि बादल लागेका कारण सौर्य उर्जाद्वारा सञ्चालित सञ्चार माध्यम न्द भएका छन्। सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको नहँुदा आगो बालेर कुर्ने काम भइरहेको कर्मचारीले बताएका छन्। आगो बालेर कर्मचारीले चिसो कटाई रहेका छन्। हिमपातले जनजीवन निकै कष्टकर बनेको स्थानीयले बताएका छन्।

IMG 0369

यस्तै मुगु जिल्लाको पुवि कटान क्षेत्रका पाँचवटै गाविसमा भारी हिमपात भएको छ भने सदरमुकाम आसपासका गाविसमासमेत हिउँ परेर सेताम्य भएको छ। यता रारा र ताल्चा एयरपोट हिउँले सेताम्य छन्। कालिकोट जिल्ला सदरमुकाममा हिउँ परेको छ। जुम्ला सदरमुकाममा पाँच इन्चसम्म हिउँ जमेको छ भने गाउ वस्तीमा आधा फिटसम्म हिउँ परेको स्थानीयले बताए। मानिसहरु घरमा आगो बालेर बसेका छन्। हिमपातले सबै भन्दा जिल्लाको उच्च भेगको जनजीबन झन कष्टकर बनेको छ। हिमपातका कारण सदरमुकाममा रहेका पसल बन्द छन्।
IMG 0375
कर्णाली राजमार्गमा सवारी साधन चल्न सकेका छैनन् भने हवाई सेवासमेत ठप्प भएको छ। गाउँ घरतिर गाईवस्तुलाई दाना र पानी खुवाउनकै लागि समस्य भइरहेको स्थानीयले बताएका छन्। यता डोल्पा जिल्ला सदरमुकाम दुनै र अग्ला डाडाकाडाहरुमा हिमपातले सेताम्य छ।

IMG 0374

हिमपातसँगै भएको अत्याधिक चिसोका कारण जीवन कष्टकर बनेको छ। सिचोका कारण भेडा बाख्रा, गाई गोरु गोठमै छन्। सदरमुकाम आसपासमा एसएलसी परीक्षाका लागि खोलिएका ट्युसन सेन्टरहरुमा पढाई प्रभावित भएको छ।

IMG 0358

 

चिसोका कारण भेडा बाख्रालाई चराउनको लागि वनमा लैजान नसकिएको स्थानीले बताएका छन्। आकाशमा बादल लागेकोले अझै हिउँ पर्न सक्ने बुढापाकाहरुको अनुमान छ। हिमपातले कृषि क्षेत्रमा भने केही फाइदा पुर्याएको छ । सबै भन्दा वढि स्याउ किसानलाई निकै उत्साहित बनाएको छ।

IMG 0378

IMG 0352

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App