८ चैत्र २०८२ आइतबार
image/svg+xml
फोटो फिचर

नदीमा फूल तार्नेको भीड (फोटोफिचर)

पोखराको रामघाटस्थित सेतीनदीमा फूल तार्दै। तस्बिरः उमेश पुन/नागरिक

हरिबोधनी एकादशीका अवसरमा पोखरा रामघाटस्थित सेतीनदी किनारमा सोमबार फूल तार्न ठुलो संख्यामा ब्रतालु पुगेका थिए। एकादशीमा सेतीनदी किनारमा भक्तजनको भीड लाग्ने गर्छ।

अघिल्ला वर्ष कोरोना संक्रमणले गर्दा एकादशीमा फूल तार्न नपाएका भक्तजनले यो पटक खुलेर नदी किनारसम्म पुगेका थिए। यहाँका नदीमा फूल तार्नका लागि विभिन्न गाउँबाट भक्तजन नाचगान गर्दै आएका थिए।  कम्तिमा पनि एकदर्जन बढी तोरण सेती नदीमा तार्ने गरिएकोमा यो बर्ष भने केही घटेको थियो। हिन्दु धर्ममा तोरण तार्नुलाई पुण्य कर्मका रुपमा लिइन्छ।

प्रकाशित: २९ कार्तिक २०७८ १०:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App