५ वैशाख २०८१ बुधबार
फोटो फिचर

अन्योलमै गुज्रिएको पर्यटन क्षेत्र (फोटोफिचर)

पोखराको लेकसाइड क्षेत्रमा घुमिरहेका आन्तरिक पाहुना । तस्बिरः उमेश पुन÷नागरिक

कोरोना भाइरस संक्रमणले लामो समयसम्म थलिएको पोखराको पर्यटन व्यवसायले गति लिने संकेत देखाएको छ । तर, संक्रमण कुन रुपमा अघि बढ्ने भन्ने निश्चित नहुँदा व्यवसायी भने अन्योलमा देखिएका छन् । कोरोना कहरका कारण झण्डै दुई वर्षयता पर्यटकीय नगरी पोखरामा व्यवसाय ठप्प छ । अन्योलै अन्योलमा पर्यटन व्यवसाय थामिएको छ ।  

संक्रमणको पहिलो लहरको सामना गरिसकेको पर्यटन व्यवसायले पुनः गत वैशाखदेखि दोस्रो लहर सामना गर्दै व्यवसाय बन्द गर्नुपर्ने बाध्यात्मक परिस्थिति आइपरेको व्यवसायीले बताएका छन । दोश्रो लहरको संक्रमण केही कम भएपछि ठुला आकारका होटल संचालनमा आउन थालेका छन् ।  

साना आकारका होटल भने अझै खोल्ने तरखर छैन । पर्यटनमा निर्भर अरु व्यवसायले पनि गति लिन सकेको छैन ।  

व्यवसायीले घुम्न आउन चाहेका पाहुनाको सोधखोजले पर्यटकीय गतिविधि चलायमान हुने संकेत मिलेको व्यवसायीको भनाई छ । तर संक्रमणको अवस्था कम नभई अझै बढ्न जान थालेपछि त्रास छाएको व्यवसायीको भनाई छ ।  

कोरोनाको पहिलो लहर केही साम्य भएसँगै पर्यटन क्षेत्रमा जागेको आशा महामारीको दोस्रो लहरले भत्काइदिएको थियो ।  

संक्रमणका लागि सरकारले लागू गरेको निषेधाज्ञा खुकुलो भएसँगै पोखरा लेकसाइडमा आन्तरिक पर्यटक चहलपहल बढ्न थालेको छ । महामारीले पर्यटन क्षेत्रमा भत्केको आशा पुन जाग्न थालेको छ । बन्द रहेका रेस्टुरेन्ट, होटल स्वास्थ मापदण्ड अपनाउदै संचालन गरेका छन् ।  

महामारीले घर भित्र थुनिएर बस्न भएकाहरु पनि पर्यटकिय क्षेत्रमा घुम्न निस्किरहेका छन् ।

प्रकाशित: १८ श्रावण २०७८ ०७:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App