१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

महामारीले छेकेन भक्तजनलाई (फोटोफिचर)

हरेक वर्ष साउनमा भगवान शिवको आराधना गर्दै शिवलिंगमा गंगाजल र बेलपत्रले पूजा गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । साउनको सोमबारलाई अझ विशेष मानिन्छ ।

सोमवारका दिन भक्तजनले भजनकृतनको यात्रा निकालेर बोलबम कार्यक्रम आयोजना गर्छन् ।

अघिल्लो वर्ष जसरी यसवर्ष पनि पोखरामा आयोजना गरिएको बोलबम कार्यक्रम कोरोना भाइरस संक्रमणका कारण प्रभावित बनेको छ ।  

सामान्य समयमा जसरी बोलबम यात्रा र पोखराका विभिन्न शिव मन्दिरमा भक्तजनको उपस्थिति देखिएको थिएन । तरपनि कोरोना महामारीलाई छेल्दै पोखराका शिव मन्दीरमा भक्तजनको उपस्थिति भने छ । 

अघिल्ला वर्षजस्तो भीडभाड नभएपनि मन्दिर परिसरमा दर्शथार्नी पुगेका थिए ।  

भौतिक दूरी अपनाउदै, मन्दिरको गेट बाहिरबाट भजन र कृतन गाएर भक्तजनले साउनको पहिलो सोमबार मनाएका छन ।  

सामान्य समयमा साउने सोमबारमा बगरस्थित सेतीनदीको गाईघाटबाट पवित्र जल उठाइ गाईघाटको धारामा स्नान गरी, भजनकीर्तन, बाजागाजा, नाचगान र झाँकीसहित पैदलयात्रा गरी बोलबमधाम केदारेश्वर मन्दिरको १०८ शिवलिंगमा जलार्पण गर्ने चलन छ  ।

तर, कोरोना महामारीको कारण सरकारले धार्मिक सभा, सम्मेलन गर्न रोक लगाएको छ । यद्दपि भक्तजनको धार्मिक आस्थामा महामारी भने अल्पविराम लगाउन सकेनन् । स्वास्थ्य मापदण्ड पालना गर्दै भक्तजनहरु आफ्नो आराधना गरिरहेका छन् ।

प्रकाशित: ४ श्रावण २०७८ ०८:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App