coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
फोटो फिचर

पोखराको नयाँ गन्तव्य–पुम्दीकोटको शिव मूर्ति (फोटो फिचर)

पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा निर्माणाधिन शिव मन्दिर । तस्बिरः उमेश पुन÷नागरिक

पोखरा महानगरपालिका– २२ को पुम्दीकोटमा निमार्णाधिन नेपालकै अग्लो शिव भगवानको मूर्तिको काम सकिन नपाउँदै घुमघामका लागि आन्तरिक पर्यटक आउन थालेका छन् । 

पोखराको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ निमार्ण गरिएको मूर्तिको करिब ६० प्रतिशत काम सकिएको छ । 

एकसय ८ फिट अग्लो बनाउन लागेको उक्त मूर्तीमा पद्माआसन बसेका शिवको मूर्ती मात्र ५१ फिट अग्लो रहेको छ ।

झन्डै ४० करोड रुपैयाँको लागतमा बन्न लागेको मूर्तीले आकार लिएसँगै टिकटक र फोटो खिच्नका लागि दैनिक रुपमा आन्तरिक पर्यटक उक्लिन थालेका छन ।

अहिले मूर्ती ठड्याउने काम सकिएको छ । त्यो बाहेक अन्य संरचनाहरु भने निमार्णाधीन अवस्थामै रहेको छ । 

पोखराको दृश्यावलोकनका लागि यो ठाउँ निकै नै चर्चित बनेको छ । 

छ्यांग खुलेको बेला पोखरा बजार सहित आसपास र हिमाली श्रृंखला पनि यहाँबाट अवलोकन गर्न सकिन्छ ।

प्रकाशित: १६ असार २०७८ १०:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App