८ वैशाख २०८१ शनिबार
फोटो फिचर

नेपाल रिपब्लिक मिडियाको १३ औँ वार्षिकोत्सव (फाेटोफिचर)

नेपाल रिपब्लिक मिडियाले आज आफ्नो स्थापनाको १३ औँ वार्षिकोत्सव मनाएको छ। वैशाख ११ गतेदेखि नेपाल रिपब्लिक मिडिया १२ वर्ष पूरा गरी १३ औँ वर्षमा प्रवेश गरेको हो।

सो अवसरमा नेपाल रिपब्लिक मिडियाले विशेष कार्यक्रम आयोजना गरेको छ। रिपब्लिक मिडियाले सो अवसरमा नेपाली समाजका लागि उत्कृष्ट योगदान पुर्‍याउनेलाई ‘नागरिक नायक’को सम्मान प्रदान गरेको छ।  

कोरोना संक्रमणको नियन्त्रणमा उल्लेखनीय भूमिका निभाएकोमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) लाई नायकको रुपमा सम्मान गरिएको छ। त्यस्तै एसिड आक्रमणमा परेकी वीरगन्जकी मुस्कान खातुनलाई उनले देखाएको साहसको सम्मान गर्दे नागरिक नायक घोषण गरिएको छ। 

 त्यस्तै अन्धोपन निवारणमा योगदान पुर्‍याएबापत सिरहा लाहानका रविन्द्रलाल चौधरीलाई नागरिक नायकको रुपमा सम्मान गरिएको छ। जमिनको अभावमा उपचारमा समस्या परेको समयमा चौधरीले आफ्नो जमिन दान गरेका थिए।

 

 

 

प्रकाशित: ११ वैशाख २०७८ १३:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App