उपेन्द्र लामिछाने (शब्द/तस्बिर)- मंगलबार बिहान पाटन कृष्ण मन्दिरमा पुग्दा साना नानीहरु कृष्णको भेषमा घुम्दै थिए। पाटन कृष्ण मन्दिर प्रांगणमा छरिएर रहेका 'बालकृष्ण'जस्तै लाग्ने उनीहरुको मुस्कुराहटसँगै कृष्ण मन्दिरको रौनक बढेको छ। विभिन्न स्कुलबाट शिक्षकशिक्षिकासहित आएका उनीहरुले आगन्तुकको मनलाई लोभ्भाए। स्वदेशीले ध्यान दिएर नियाले। विदेशीले तस्बिर खिचे। कोही मन्दिरको सिँढीमा बसेर मुस्कुराउँदै थिए। कोही परेवासँग खेल्दै थिए। कोही घण्ट समाउँदै थिए। कोही मूर्तीमा आराम गर्दै थिए। एक दिन अगावै कृष्णअष्टमीको भान हुन्थ्यो। बुधबारको कृष्ण जन्माष्टमी पर्वका लागि पाटनस्थित कृष्ण मन्दिरमा सम्पूर्ण तयारी पूरा भएको छ। बुधबार भगवान् श्रीकृणणको जन्म दिन हिन्दू धर्मालम्बीले भगवान श्रीकृष्णको पूजाआजा गरी मनाउने गर्छन्।
यो उपलब्धि छोटो समयको सफलता वा ट्रायल इन्ट्रीका लागि मात्र गरिएको थिएन। यो त प्रतिस्पर्धात्मक युरोपेली बजारमा टुनल्यान्ड G7 को डिजाइन, प्रदर्शन, सुरक्षा र समग्र विश्वसनीयताले बलियो स्वीकार्यता पाएको स्पष्ट संकेत हो।