
सम्पादकीय
काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ आइतबार बिहान होलीको चीर ठड्याइएको छ। बिहान ८ बजेर २६ मिनेटको साइतमा होलीको चीर ठड्याइएपछि आजदेखि होलीको विधिवत सुरुवात भएको हो। फागु पूर्णिमाको दिन मनाइने होली यसवर्ष पहाडमा चैत १५ गते र तराईमा चैत १६ गते मनाइँदैछ।