२० वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

विराटनगरमा यस्तो देखियो नेकपाको हड्ताल (फोटो फिचर)

नेकपा प्रचण्ड–माधव समूहले गरेको आम हड्तालको प्रभाव मोरङमा पनि परेको छ। विराटनगरलगायत जिल्लाका मुख्य बजार क्षेत्र बन्द रहेका थिए। ठाउँ–ठाउँमा जम्मा भएर प्रचण्ड–माधव समूहका कार्यकर्ताले बजार तथा सवारीसाधन बन्द गराएका छन्। बन्दकारी विराटनगरको मुख्य सडकमा टायर बाल्ने र प्रहरीले निभाए पनि अवस्था समान्य रहेको छ।

मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार जिल्लामा अहिलेसम्म कहीँकतै पनि केही पनि नभएको र अवस्था शान्तिपूर्ण रहेको छ। बजार क्षेत्रमा बन्दकर्ताहरू शान्तिपूर्ण तरिकाले ठाउँ ठाउँमा बसीरहेका छन्, एसपी खड्काकाले भने। निजी तथा सार्वजनिक ठूला र साना सवारीसाधन चलेका छैनन्।  

खुशी 50%
दुखी 25%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 25%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App