५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

सुनको मूल्य आज तोलामै २ हजारले बढ्यो

स्थानीय बजारमा सुनको मूल्य आज २ हजारले बढेको छ। बुधबार तोलामा २७ सय रुपैयाँले घटेको सुन आज २ हजार रुपैयाँले बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो भने आज १ लाख ३६ हजार ५ सयमा कारोबार भइरहेको छ।

यसअघि वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च तोलामा १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। जुन अहिलेसम्मकै रेर्कड हो। यस्तै, चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँ बढेको छ। 

अघिल्लो दिन प्रतितोला १ हजार ६३० रुपैयाँ रहेको चाँदी आज १ हजार ६४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। 

प्रकाशित: २० वैशाख २०८१ ११:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App