coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

काठमाडौंमा चल्न थाले साझाका बस(फोटो फिचर)

साझा यातायातले बिहीबार(आज)देखि आठवटा रुटमा २६ वटा यात्रुबाहक बस गुडाएको छ। साझा यातायातले लामो समयदेखि ग्यारेजमा थन्किएका बस मर्मतसम्भार गरेर बिहीबारदेखि सञ्चालनमा ल्याएको साझा यातायातका कार्यकारी निर्देशक भूषण तुलाधारले जानकारी दिए।  ‘सरकारले तोकेको मापदण्ड पूरा गरेर बस चलाएका छौं,’ उनले भने, ‘बसको मर्मतसम्भार तथा अन्य प्रविधिक तयारी पूरा गरेर गुडाउन सुरु गरेका हौं।’ 

चालक र सहचालकलाई मास्क पञ्जा लगायत व्यवस्थापन गरेर सार्वजनिक बस सञ्चालन गरिएको साझाले जनाएको छ । दैनिक बस डिसइन्फेन्सन गर्नेदेखि सेनिटाइजर लगायत स्वास्थ्य सामग्री बसमा राखेर सेवा प्रदान गर्ने जनाएको छ । साझाले यात्रुलाई मास्क अनिवार्य लगाएर सामाजिक दुरी कायम राखी बस चढ्न अनुरोध गरेको छ ।

साझा यातायातले लामो दुरीबाहेक अन्य सबै रुटमा बस सञ्चालन गर्नेछ । साझा यातायातसँग ६७ वटा बस छन् । तीमध्ये चारवटा उपत्यकाबाहिर लामो रुटमा चल्थे ।  

सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेसँगै यात्रुबाहक यातायातका साधन गुड्न पाएका थिएनन् । गत असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकले असार २६ देखि आवश्यक स्वास्थ्य सर्तकता अपनाएर उपत्यकासहित जिल्लाभित्र मात्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । 

तस्बीरः माेनिका मल्ल

खुशी 91.7%
दुखी 8.3%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App