१५ असार २०८३ सोमबार
image/svg+xml

सरकारको उच्च जरिवाना नीतिप्रति महेश- विदेशको अन्धानक्कल नगरौं, जनताको क्षमता हेरौं

नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाहको उच्च जरिवानासम्बन्धी पछिल्लो नीतिप्रति असन्तुष्टि जनाएका छन्।

देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ अभावको समस्या झेलिरहेका बेला नेपालमा सिँचाइ विस्तारको लक्ष्य पनि अझै पूरा हुन सकेको छैन।

मनसुनको उच्च जोखिममा सवा २ लाख नागरिक: १५ दिनको रासनदेखि ड्रोन र र्‍याफ्टिङसम्म तयारी अवस्थामा

यस वर्षको मनसुनजन्य विपद्‌बाट देशभर करिब सवा २ लाख नागरिक प्रभावित हुने सरकारी प्रक्षेपण छ। सम्भावित जनधनको क्षति रोक्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ३ सय जोखिमपूर्ण ठाउँको भौगर्भिक अध्ययन गर्दै ‘कमाण्ड पोस्ट’ मार्फत पूर्वतयारीलाई युद्धस्तरमा अघि बढाएको छ।

१२ वर्षयताकै अनुशासित बजेट ल्याएका छौं: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट पछिल्लो १२ वर्षयताकै सबैभन्दा सानो र अनुशासित रहेको दाबी गरेका छन्।

जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

जुम्लालाई कर्णाली प्रदेशको चौथो पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ।

बढ्दो सहरीकरणसँगै उपत्यकामा धान रोप्ने ठाउँको अभाव

बढ्दो सहरीकरणसँगै काठमाडौं उपत्यकामा धान रोप्ने ठाउँका अभाव भइरहेको भन्दै किसानले चिन्ता व्यक्त गरेका छन्।

कपिलवस्तुमा मेशिनबाट धान रोपाइँ : मूल्य तोकेपछि धान पनि किन्न सरकारसँग किसानको माग

लुम्बिनी प्रदेशमै सबैभन्दा बढी धान खेती हुने कपिलवस्तुमा २३औँ राष्ट्रिय धान दिवसका अवसरमा विभिन्न स्थानमा रोपाइँ महोत्सव आयोजना गरिएको छ।

प्रधानमन्त्री बालेनको बोलीबारे भीम रावलको टिप्पणी

भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताएका छन् ।

मन्त्रीहरूको सचिवालयमा बाहिरबाट ५७ सचिव भर्ना

सरकारद्वारा पारित ‘मन्त्रीहरूको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि २०८३’ मा कुनै मन्त्रीले आफ्नो सचिवालयमा तीनदेखि पाँच जनासम्म विशिष्ट (सचिव) सरहका सल्लाहकार बाहिरबाट भर्ना गर्न सक्ने व्यवस्था गरिएको छ।

समुद्रको तापक्रममा नयाँ रेकर्ड, बढी तातिने क्षेत्र बन्दैछ एसिया

जलवायु परिवर्तनका कारण विश्व औसतभन्दा एसिया तीव्र गतिमा तातिरहेको उल्लेख गर्दै चरम मौसमी घटनाबाट हुने क्षति न्यूनीकरण गर्न प्रभावकारी प्रारम्भिक चेतावनी प्रणाली अपरिहार्य भएको उल्लेख छ ।

गणेश हिमाल नजिकै नयाँ ‘लुम्बो हिमशिखर’ पहिचान

नेपाली र अमेरिकी पर्वतारोहीको टोलीले यसअघि आरोहण नभएको नयाँ लुम्बो हिमालको आरोहण गरेसगैँ यो हिमशिखरको पहिचान भएको हो।

नाइकेहरूले ज्यादती गरेको भन्दै कपिलवस्तु कारागारका कैदीबन्दी आन्दोलित

कारागार प्रशासन र नाइके समूहले मनोमानी गरी आफूमाथि अन्याय गरेको भन्दै उनीहरूले बी ब्लकको मूल गेटमै ताला लगाएर कब्जामा लिएका हुन् ।

लमजुङ-मनाङ खण्डमा राति सवारी चलाउन रोक

भारी वर्षा र चट्याङको सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मनाङले चामे-बेंसीशहर सडकखण्डमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्