सरकारकाविरूद्ध असतुष्ट जनाउँदै अहिले माइतिघरमण्डलाका युवाहरूले प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीहरुले क्वारेन्टिनलाई जोखिमयुक्त बनाउन र शतप्रतिशत पीसीआर परीक्षण गर्न माग गरेका छन् ।
भोजपुरबाट निर्वाचित श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आगामी ५ वर्षपछि आफ्नो पार्टीका अध्यक्ष हर्क साम्पाङलाई देशको प्रधानमन्त्री बनाउने दाबी गरेका छन्।
नेकपा एमालेको राजनीतिक यात्रा छाडेर श्रम संस्कृति पार्टीमा जोडिएका भोजपुरका सांसद ध्रुवराज राईले पार्टी अध्यक्ष हर्क साम्पाङको राष्ट्रभक्तिबाट प्रभावित भएर आफूले नयाँ बाटो रोजेको बताएका छन्।