६ वैशाख २०८१ बिहीबार
फोटो फिचर

पोखरामा पनि सरकारविरुद्ध प्रदर्शन (फोटो फिचर)

पोखरामा युवाहरुले सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका छन्।  शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा दुई पक्राउ परेका छन्। विश्व कोरोनाको  महामारीमा परेको अवस्थामा देशमा कोरोना नियन्त्रणका लागि क्वारेन्टिन व्यबस्थित नभएको र कोरोना परीक्षणमा  आरडिटी बन्द गरी शत प्रतिशत पिसीआर परीक्षण गर्न माग राख्दै सरकार विरुद्ध पोखरेली युवा सडकमा आएका हुन्। शान्तिपूर्ण आन्दोलनका क्रममा युवाहरुले प्रधानमन्त्रीको राजीनामाको समेत माग गरेका छन।  

शान्तिपूर्ण तथा मौन प्रदर्शन भनिएपनि एक्कासी प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन हुन थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। जसका कारण केहिबेर प्रहरी र युवाबीच सामान्य झडपसमेत भएको थियो। झडपका क्रममा प्रहरीले नाराबाजीको नेतृत्व गरेका दुई युवालाई पक्राउ गरेको हो।

खुशी 16.7%
दुखी 25%
अचम्मित 41.7%
हास्यास्पद 16.7%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App