५ वैशाख २०८१ बुधबार
फोटो फिचर

चार सय सर्पले टोक्दा पनि विष नलागेका स्नेक म्यान

सर्प खेलाउने मान्छे

पाल्पा अर्गलीका २४ वर्षीय सागर पाण्डेलाई जति सर्पले टोके पनि विष लाग्दैन । सानै उमेरबाट सर्पसँग खेल्दै आएका उनले १४ सय भन्दा बढी सर्प छोपिसकेका छन् । अहिले उनको सबैभन्दा नजिकको साथी नै सर्प बनेको छ । 

सर्प देख्दा जो कोहीलाई पनि डर लाग्छ । सर्पलाई छोप्न त कहाँ को कहाँ सर्पको अघि पर्न समेत मानिसहरु डराउने गर्छन् । तर सागरलाई भने सर्पदेखि कुनै डर लाग्दैन । चार सय सर्पले टोक्दा पनि विष नलागेका सागर भन्छन्, ‘सर्पले टोक्यो भनेर म आजसम्म अस्पताल पुगेको छैन ।’ 

११ वर्षको उमेरमा आफ्नी बहिनीको रक्षाका लागि उनले पहिलो पटक सर्प छोपेका थिए । त्यसपछि विस्तारै सर्पलाई छोप्ने, खेल्ने गर्न लागेको उनी बताउँछन् । ‘म सर्पप्रेमी मान्छे हुँ,’ सागर भन्छन्, ‘सर्प मेरो नजिकको साथी हो, उ विना त म केही गर्ने सक्दिन ।’ उनी अहिले स्नातक तह चौथो वर्षमा अध्ययनरत छन् । 

खुशी 12.5%
दुखी 0%
अचम्मित 79.2%
हास्यास्पद 8.3%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App