७ माघ २०८१ सोमबार
image/svg+xml
समाज

अधिवक्ता त्रिपाठीमाथि कुटपिट गरी फरार थप एक पक्राउ

वरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा भएको आक्रमण प्रयासमा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ।

झापा बुद्ध शान्ती गाउँपालिका वडा न ४ घर भई हाल जिल्ला काठमाडौं-३२ शान्तीनगर बस्ने वर्ष ५५ कि शितल राई भन्ने सिता देवी राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरी वृत्त सिंहदरबारले पाण्डेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

यही माघ २ गते अदालतको दक्षिण गेटबाहिरको सार्वजनिक सडक खण्डमा जेब्रा क्रसिङबाट सडक पार गर्ने क्रममा अधिवक्ता त्रिपाठीमाथि भिडभित्र रहेका केही व्यक्तिहरूले हुलहुज्जत गर्दै आक्रमण गर्न खोजेका थिए।

तत्काल प्रहरी परिचालित भई अधिवक्ता त्रिपाठीलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको थियो।

प्रकाशित: ७ माघ २०८१ १३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App