
असारे विकास: झरीमा मनपरी (तस्बिरहरू)


आर्थिक वर्ष सकिन लाग्दा र मनसुन सुरू भए पछि काठमाडौंका विभिन्न क्षेत्रमा सडक खन्ने र ढल बनाउने काम तिव्रताका साथ चलिरहेको छ ।
बजेट सकाउन पर्ने भएसँगै शहरी विकास तथा भवन कार्यालयले गौरीघाट क्षेत्रमा अहिले बाटो नै बन्द गरेर ढल निर्माणको काम अघि बढाइरहेको छ । यो काम अझै १५ दिन बढी लाग्ने बताइएको छ।
अझ फुटपाथको टायल फेर्ने काम पनि पानी पर्ने सुरू हुन लागेपछि पैदल यात्रुलाई असहज हुने गरी काम अघि बढाइरहेको छ ।
यता नेपाल विद्युत् प्राधिकरणले पनि पानी पर्ने समय सुरू भएसँगै विभिन्न स्थानमा तार भूमिगत गर्ने काम अघि बढाइरहेको छ । जमलको मुख्य सडकमा सवारी आवागमन नै अवरोध हुने गरी बिजुलीको तार भूमिगत गर्ने काम अघि बढाइरहेको छ । खनेपछि यत्तिकै माटोले पुर्ने र छाड्ने भएकाले पनि ठाउँठाउँमा खाल्डो र अग्लो भएर सवारीलाई असहज बनाइदिएको छ । अझ पानी पर्दा माटो बगाउँदा बाटो चिप्लो हुने गरेको छ ।










