प्रधानमन्त्री बालेन्द्र शाहले समानुपातिक सांसदहरूलाई कुनै एउटा क्षेत्र विशेषमा मात्र सीमित नरही देशभरका उत्पीडित र पछाडि पारिएका क्लस्टरको सच्चा पहरेदार बन्न आह्वान गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले आफूले नेपाल प्रहरीको महानिरीक्षक बन्नका लागि ७ करोड रुपैयाँ बुझाउन आएको प्रस्ताव अस्वीकार गरेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले वर्तमान सरकार र आफ्नो पार्टीले जनअपेक्षाअनुसार काम गर्न नसके मुलुकमा राजनीतिप्रति कहिल्यै विश्वास नजाग्ने बताएका छन्।