३ श्रावण २०८३ आइतबार
image/svg+xml
फोटो फिचर

उदाउँदो सूर्यलाइ अर्घ्य चढाएर छठ पर्व समापन (तस्वीरहरु)

आराध्यदेव सूर्यको उपासना गरी चार दिनसम्म मनाइने पर्व छठ शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै समापन भएको छ।

छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि लहानको रघुनाथपुर पोखरीसहित मधेसका विभिन्न जिल्लामा नदी, तलाउ र पोखरीका किनारमा भक्तजनहरू रातभर जाग्राम बसेका थिए।

हिजो अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका व्रतीहरूले आज उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन्।मधेस प्रदेशको वीरगन्ज स्थित घडीअर्वा पोखरी, जनकपुरका ऐतिहासिक गंगा सागर, धनुष सागर,अरगजा पोखरीमा छठ पूजा उत्तिकै रमझमका मनाइएको थियो।सप्तरीको कोशी व्यारेज, भारदह, छिन्नमस्ता, कञ्चनपुर सदरमुकाम राजविराजसहितका स्थानमा पनि उत्तिकै उल्लासले छठ पर्व मनाइएको थियो।

दुलही झैं सिंगारिएका छठ घाटमा व्रतीहरू भेला भएर पूजा आराधना गरेका छन्। सन्तान सुख प्राप्ति,पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी छठ पर्व मनाइन्छ।

 

प्रकाशित: २३ कार्तिक २०८१ ०७:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App